खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ल्यायो आगामी आर्थिक वर्षको बजेट
महेन्द्र शाही
सोलुखुम्बु, असार ९
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले नयाँ आर्थिक वर्षको लागी बजेट ल्याएको छ । साथै नयाँ आर्थिक वर्षको लागी बजेट ल्याउने जिल्लाकै पहिलो स्थानीय तह पनि बनेको छ । जिल्लाका ८ वटा स्थानीय तह मध्ये खुम्बु पासाङ ल्हामु गाउँपालिका आगामी आर्थिक बर्षको बजेट ल्याउने जिल्लाको पहिलो स्थानीय तह बनेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ को बजेट गत शुक्रबार पास गरेको हो । जिल्लामा मात्र नभएर प्रदेश नम्बर एकमै खुम्बु पासाङ ल्हामु गाउँपालिका बजेट ल्याउने पहिलो स्थानीय तह भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विनोट भट्टराईले दावि गरे ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका नयाँ आर्थिक वर्षका लागि २९ करोड ८० लाख १६ हजारको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा २८ करोड ९८ लाख ७१ हजार ६ सय ७७ रुपैँया कम हो । चालु आर्थिक वर्षको लागि गाउँपालिकाले ५८ करोड ७८ लाख ८७ हजार ६ सय ७७ रुपैँयाका बजेट ल्याएको थियो । यो वर्ष विभिन्न कारणले गाउँपालिकाको बजेट घटेको बताइएको छ । गाउँपालिकाले नयाँ कार्यक्रम केहि पनि नल्याएको र पुरानै कार्यक्रमलाई नै निरन्तर्ता दिएको भट्टराईको भनाइ छ ।
बजेटमा चालु तर्फ १७ करोड ५२ लाख ४० हजार तथा पुँजीगत तर्फ १२ करोड २७ लाख ७६ हजारको बजेट गाउँपालिकाले पास गरेको हो । असरको ३ गते नै बजेट ल्याउने योजना भएपनि गाउँपालिका अध्यक्षको असामयिक निधन भएकाले केहि ढीलो गरि बजेट ल्याएको प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताए । संविधानमा नै स्थानीय तहले असार १० गते भित्र बजेट ल्याइसक्नु पर्ने व्यवस्था रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया