कपिश इन्टरप्राइजेजद्वारा भ्याट र आयकर छली
शंकर लुइँटेल
विराटनगर, असार १४
विराटनगर बजारमा सञ्चालन रहेको कपिश इन्टरप्राइजेजले लामो समयदेखि आफ्नो खाद्यान्नको कारोबारमा सरकारी भ्याटदेखि आयकरमा समेत व्यापक ठगी गरेको पाइएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याटमा समेत दर्ता भएको कपिश इन्टरप्राइजेजका नाममा ३०४३९३५४३ भ्याट नम्बर समेत प्राप्त गरेको उक्त फर्म सञ्चालकमा नितु अग्रवाल वंशल रहेकी छिन् । तर उक्त फर्मबाट मनोज अग्रवाल राजगडियाले कारोबार गरी सरकारको भ्याटदेखि आयकर समेतमा व्यापक राजस्व छली गरेको पाइएको हो । गत तीन महिनादेखि चलेको लकडाउनमा खाद्यान्नको नाममा एकछत्र व्यावसायिक कारोबार गरेका राजगडियाले उपभोक्तासँग चर्को मूल्य असुली गरेका थिए ।
कपिश इन्टरप्राइजेजले आर्थिक वर्ष ०७५/०७६ मा राज्यलाई बुझाउने भ्याटको विवरण अत्यन्त न्यून रहेको छ भने आयकरतर्फ ३५ सय मात्र बुझाएर आफ्नो आय विवरण बुझाएको फेला परेपछि उनको राजस्व ठगी प्रकरण खुलेको हो । विराटनगर महानगरपालिका १४ मा रहेको उक्त फर्मका नाममा भएको कारोबार सम्बन्धमा लकडाउनका बेलामै उजुरी आएपछि छानबिन थालिएको हो । लकडाउनअगाडि उक्त फर्मका सञ्चालक अग्रवाल विराटनगरमा व्यापारिक टाट पल्टिएका व्यवसायी भए पनि लकडाउनपछि राम्रो कमाइ गरेको स्रोतको दाबी छ ।
कोभिड १९ का कारण देश लकडाउनमा गएसँगै सञ्चालक अग्रवाल पछिल्लो समय एक्कासि माथिल्लो दर्जाको व्यापारीमा गनिनथालेका हुन् । उनको व्यावसायिक कारोबारले पर्दाफास गरेसँगै सरकारले लिँदै आएको आयकरमा समेत लाखौँ रकमको ठगी भएको स्रोतले बताएको छ । उनले आफ्नो व्यावसायिक कारोबार वार्षिक तीन करोडको मात्र देखाएको राजस्व स्रोतले बतायो । उनको फर्ममा अझै छ लाख क्रेडिट देखिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया