सोलुखुम्बुका सात स्थानीय तहले ल्याए बजेट
महेन्द्र शाही
सोलुखुम्बु असार १५
सोलुखुम्बुका ७ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि समयमै बजेट ल्याएका छन् । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक नियमअनुसार नै यहाँका सातवटा स्थानीय तहले सोही समयमा बजेट ल्याएका हुन् । जिल्लामा ८ वटा स्थानीय तह भए पनि महाकुलुङ गाउँपालिकाले भने बजेट निर्धारित समयमा ल्याउन नसेकेको हो । केही प्राविधिक कारणले बजेट समयमा ल्याउन नसकेको गाउँपालिकाले जनाएको छ ।
चालू आर्थिक वर्षमा जारी रहेका योजनाको काम अन्तिम चरणमा रहेकाले बजेट ल्याउन ढिलाइ भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लुबन राईले जानकारी दिए । चालू आयोजनाको अवस्था हेरेर बजेट ल्याउने तयारी रहेकाले केही ढिलाइ भएको र असार २५ गतेभित्र बजेट ल्याउने राईको भनाइ छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोडभन्दा बढी बजेट ल्याएको छ ।
गाउँपालिकाको पाँचौँ गाउँसभाबाट ४१ करोड ९५ लाख १७ हजार पाँच सय पाँच रूपैयाँको बजेट पारित गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए । गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको अधिकृत राईको भनाइ छ । नेचासल्यान गाउँपालिकाले पनि समय सीमा असार १० गते नै बजेट ल्याएको छ । उसले आगामी आर्थिक वर्षका लागि ४७ करोड ३८ लाख सात हजार ८० रूपैयाँको बजेट पेस गरेको हो । यस्तै सोताङ गाउँपालिकाले २७ करोड ३५ लाख ८३ हजार एक सय रूपैयाँको बजेट ल्याएको छ । गाउँसभाले चालूतर्फ छ करोड २२ लाख २० हजार र पुँजीगततर्फ आठ करोड सात लाख ६३ हजार एक सय रूपैँयाको बजेट पारित भएको गाउँपालिकाका प्रवक्ता मनसरी राईले जानकारी दिइन् ।
यता माप्यदूधकोशी गाउँपालिकाले ३२ करोड ४१ लाख ४३ हजार तीन सय ८० रूपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष जुनितामाया मगरले बजेट प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले जानकारी दिए । यता लिखुपिके गाउँपालिकाले २१ करोड बढीको बजेट ल्याएको छ । लिखुपिके गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २१ करोड ५९ लाख ५० हजार पाँच सय रूपैयाँ बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए ।
जिल्लाको खुम्बु पासङ ल्हामु गाउँपालिकाले यसअघि नै २९ करोड ८० लाख १६ हजार रूपैयाँको बजेट ल्याएको थियो । खुम्बु पासङ ल्हमु गाउँपालिकाले गत असार ५ गते प्रदेश नम्बर १ का स्थानीय तहहरूमध्ये सबैभन्दा चाँडो बजेट सार्वजनिक गरेको थियो । यता जिल्ला एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाको छैटौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि ५३ करोड दश हजार पाँच सय ९० रूपैयाँको बजेट ल्याएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया