माछा मार्नेहरु रहेको डुंगा दुर्घटनामा फिलिपिन्समा १४ जना बेपत्ता
मनिला, असार १६
फिलिपिन्सको समुद्री तटमा भएको डुंगा दुर्घटनामा परी १४ जना मानिस हराइरहेका छन् । समुद्रमा सामान ढुवानी गर्ने साधनसँग माछा मार्ने डुङ्गा ठोक्किएर भएको दुर्घटनापछि डुङ्गामा रहेका व्यक्तिहरु हराइरहेका हुन् । दुई रात अघि भएको दुर्घटनापछि हराइरहेकाहरुलाई सोमबारसम्म पनि केही पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।
सामानवाहक साधनसँग ठोक्किएपछि डुङ्गा पानीमा पल्टिएको उनीहरुले जानकारी दिएका छन् । माम्बुराओ सहरदेखि २७ किलोमिटर टाढा पर्ने ठाउँमा आइतबार विहानको राति दुर्घटना भएको जनाइएको छ । बेपत्ता भएकाहरुलाई बन्दरगाह सुरक्षाकर्मी र हेलिकोप्टरले संयुक्त रूपमा खोजी कार्य जारी गरेका छन् । बेपत्ता भएका १४ जना मध्ये १२ जना माछा मार्ने व्यक्ति र दुई जना यात्रु रहेका बन्दरगाह सुरक्षा कार्यालयका प्रवक्ता अर्मान्डो बालिलोले बताउनुभयो । हङकङको ध्वजावाहक ढुवानी साधनले माछा मार्नेहरुको डुंगालाई ठक्कर दिएको उनको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
- वैदेशिक लगानीका लागि सरकारी प्रयासको प्रशंसा
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया