विश्व बैंकको नयाँ राष्ट्रिय निर्देशक नियुक्त
काठमाडौं, असार १८
विश्व बैंकले फारिस हदाद जर्भोसलाई नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । बुधबारदेखि नै लागू हुने गरी उनलाई उक्त जिम्मेवारी दिइएको हो । उनले काठमाडौं उपक्षेत्रीय कार्यालयमा आधारित रहने गरी विश्व बैंकको तर्फबाट यी तीन देशको नेतृत्व गर्नेछन् । यी तीन देशमा विश्व बैंकको पाँच अर्ब ५० करोड अमेरिकी डलरबराबरको चालू कार्यक्रम छ ।
अमेरिकी नागरिक जर्भोस सन् १९९६ अर्थात् विक्रम सम्वत् २०५२ सालदेखि विश्व बैंकसँग आबद्ध छन् । यसअघि उनले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धक भएर काम गरिसकेका छन् । कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असरहरुको सम्बोधन गर्न तीनवटै देशहरुले शीघ्र कदम चाल्नुपर्ने भएकाले उनको नियुक्ति गरिएको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले नेपाल, माल्दिभ्स र श्रीलंकामा सरकारहरुलाई कुल ३५ करोड अमेरिकी डलरभन्दा बढीको कोभिड–१९ आपत्कालीन प्रतिकार्य परियोजनाअन्तर्गत सहयोग गरिरहेको छ । उक्त परियोजनाले यी तीनवटा देशहरुमा महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाई सुदृढ गर्न मद्दत गर्ने बताइएको छ ।
विश्व बैंकले कोभिड–१९ महाव्याधिका लागि जनस्वास्थ्यसम्बन्धी तत्काल आवश्यकताहरुको सम्बोधन गर्न दुई करोड ९० लाख अमेरिकी डलरबराबरको आपत्कालीन प्रतिकार्य परियोजनासहित नेपाल सरकारसँग सहकार्य भइरहेको जनाएको छ । विश्व बैंकका अनुसार कोभिड–१९ ले निम्त्याएका आवश्यकताहरुको परिपूर्ति गर्ने गरी विद्यमान पोर्टफोलियोका लगभग २० प्रतिशत परियोजनाहरुको पुनर्संचरना गरिएको छ ।
नेपालमा कोभिड–१९ को संकटको प्रभावकारी प्रतिकार्य गर्नका लागि राहत, पुनर्संरचना र पुनःउत्पादन योजना निर्माणका लागि सरकारलाई सहयोग गठन गठन गरिएको बहुपक्षीय विकास बैंकहरुसहितको सल्लाहकार प्यानलमा विश्व बैंक पनि एक सदस्यका रुपमा सामेल छ । यस्तै, पूर्वाधार, मानव विकास, वित्त र सुशासनलगायतका क्षेत्रमा २५ वटा सक्रिय परियोजना नेपालमा विश्व बैंकको सहयोगमा सञ्चालित छन् । ती परियोजनामा तीन अर्ब डलरबराबरको पोर्टफोलियो रहेको विश्व बैंकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया