नयाँ दिल्ली, असार १८
भारतमा आगामी पाँच महिनामा कम्तीमा पनि ८० करोड नागरिकलाई निःशुल्क खाना दिने आयोजनाको घोषणा गरिएको बताइएको छ । सो कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार घोषणा गरेको बताइएको छ । सो कार्यक्रमको नाम ‘प्रधानमन्त्री गरिब कल्याण अन्न योजना’ राखिएको छ ।
त्यस कार्यक्रमअनुसार भारतका ८० करोड जनतालाई आगामी पाँच महिनासम्म, नोभेम्बरको अन्तिमसम्म निःशुल्क रुपमा खाना खानेगरी सो कार्यक्रमको घोषणा गरिएको हो । त्यस कार्यक्रम गएको अप्रिल महिनादेखि नै भारत सरकारले सञ्चालन गरेको थियो । कोरोना भाइरसले गर्दा समस्यामा परेका गरिब व्यक्तिहरुका लागि यो कार्यक्रम घोषणा गरिएको हो ।
प्रधानमन्त्रीले आज यहाँको टेलिभिजनबाट सम्बोधन गरेर आगामी पाँच महिनाका लागि सो कार्यक्रम थप गर्ने बताउनुभएको हो । यस कार्यक्रमार्फत भारतका गरिब जनता र कोरोना भाइरसको संक्रमणबाट रोजगारी गुमाएर समस्यामा परेका व्यक्तिहरुलाई सहयोग पु-याइने भारत सरकारले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया