काठमाडौं, असार २२
कोभिड–१९ बाट छवटा जिल्ला अत्यधिक प्रभावित भएका छन् । छवटा जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेको सरकारले जनाएको छ । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् । ती जिल्लाका अधिकांश संक्रमित भारतबाट आएका हुन् । कामका लागि भारत गएका उनीहरु लकडाउन सुरु भएपछि नेपाल फर्किएका हुन् । केही भने भारतबाट आएका संक्रमितको सम्पर्कमा गएर संक्रमित भएका हुन् ।
यस्तै, आइतबार थप दुई सय ९३ जना कोभिड–१९ संक्रमित फेला परेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार ७ सय ८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरिका २५ प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्या संक्रमित भएको फेला परेको हो । आइतबार नै एक सय ३२ जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म छ हजार पाँच सय ४७ जना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ४१ दशमलव ५ प्रतिशत बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् । आइतबार मात्रै चार हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ । नौ हजार दुई सय तीन जना सङ्क्रमित आइसोलेसनमा रहेका छन् ।
यसैबीच, प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्केका छन् । कोरोना विशेष अस्पतालको आइसोलेसनमा दुई साताको निगरानीपछि ती स्वास्थ्यकर्मीको पुनः पीसीआर परीक्षणका क्रममा आइतबार नतिजा ‘नेगेटिभ’ आएको हो । कोरोनामुक्त चिकित्सकले एक सातापछि काममा खटिने बताएका छन् । कर्णालीमा यसअघि एक हजार दुई सय एक जना सङ्क्रमित कोरोनामुक्त भई घर फर्किसकेका छन् । कोरोना निको भएसँगै अब आइसोलेसनमा सक्रिय सङ्क्रमितको सङ्ख्या भने दुई सय ७३ रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया