सरकारी वित्त ६५ अर्ब ९२ करोड रुपैयाँले बचतमा
काठमाडौं, पुस ६
बैंकिङ कारोबारमा आधारित सरकारी वित्त बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ६५ अर्ब ९२ करोड रुपैयाँले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ५१ अर्ब एक करोड रुपैयाँले बचतमा रहेको थियो । यसैगरी चालू आवको चार महिनामा बैंकिङ कारोबारमा आधारित अर्थात् सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेकको संघीय सरकारको कुल खर्च दुुई खर्ब १९ अर्ब १७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च दुुई खर्ब सात अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुुसार समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन अर्थात् प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत गरी कुुल दुुई खर्ब ७५ अर्ब दुई करोड रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन दुुई खर्ब ५५ अर्ब दुुई करोड रुपैयाँ रहेको थियो । २०७६ कात्तिक मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ५० अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसमा स्थानीय तहको खातामा रहेको ४१ अर्ब ८९ करोड रुपैयाँ समेत समावेश गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको चार महिनामा विस्तृत मुद्राप्रदाय तीन दशमलव एक प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रा प्रदाय तीन दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय १५ दशमलव चार प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति २७ अर्ब २९ करोड रुपैयाँले अर्थात् दुुई दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ५७ अर्ब ४८ करोड रुपैैयाँले अर्थात पाँच दशमलव पाँच प्रतिशतले घटेको थियो ।
यसैगरी चालू आवको चार महिनामा सञ्चित मुद्रा भने एक दशमलव एक प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १५ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा सञ्चित मुद्रा १४ दशमलव पाँच प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुुसार कुल आन्तरिक कर्जा रकम भने चालू आवको चार महिनामा दुुई दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा पाँच दशमलव एक प्रतिशतले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा यस्तो कर्जा १८ दसमलव एक प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी पाँच दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी नौ दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १५ दशमलव तीन प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया