काठमाडौं, पुस ६
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक समितिको तर्फबाट पेश भएको आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन, आ.व. २०७४/०७५ को लेखा परीक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदनबमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
यसैगरी आ.व. २०७५/०७६ का लागि लेखा परीक्षकको नियुक्ति तथा कम्पनीबाट सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु समेत स्वीकृत गरेको छ । सभाले कम्पनीबाट सर्वसाधारणसमक्ष निष्काशन गरिने आईपीओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडि बढाउने सहमति प्रदान गरेको छ । आईपीओ निष्काशनका लागि यसअघि २०७४ कात्तिक १५ गते भएको प्रथम वार्षिक साधारणसभाले निर्णय गरिसकेको छ । कम्पनीले जारी पुँजी दुई अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया