बोइङलाई साढे २ अर्ब डलर घाटा
अमेरिका, साउन १५
अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई चालू वर्षको दोस्रो त्रैमासिकमा २ अर्ब ४० करोड अमेरिकी डलर घाटा भएको छ । ७३७ म्याक्सजेट विमान काण्ड तथा कोरोना महामारीका कारण कम्पनीले उच्च घाटा व्यहोरेको हो । कम्पनीले बुधबार आफ्नो आयमा २५ प्रतिशत गिरावट आएको जनाएको छ । यो विश्लेषकले अनुमान गरेभन्दा बढीको गिरावट भएको बताइएको छ ।
बोइङका मुख्य कार्यकारी अधिकृत (सीईओ) डेभिड कलहानले हवाइ क्षेत्रमा महामारीले नराम्ररी असर गरेको बताए । उनले सोही कारण कम्पनीका ग्राहकहरुले विमान खरिदमा चासो नदेखाएको बताए ।
उनका अनुसार सन् २०१९ को कारोबार स्तरमा पुग्न कम्पनीलाई अब तीन वर्ष लाग्नेछ । अहिले बोइङका नयाँ विमानको आपूर्ति समेत ७१ प्रतिशतले घटेको छ । शिकागोमा रहेको कम्पनीका लागि यो ठूलो आम्दानी स्रोत हो । पछिल्लो समय बोइङले केवल ५९ अर्डर मात्रै पाएको छ । त्यस्तै महामारीकै कारण ३ सय ८२ वटा अर्डर रद्द भएको कम्पनीले जनाएको एपीमा उल्लेख छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
- वैदेशिक लगानीका लागि सरकारी प्रयासको प्रशंसा
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया