बेलौरी नगरपालिकाले ग-यो कोरोना नियन्त्रणमा दुई करोड बढी खर्च
धनबहादुर जप्रेल
कञ्चनपुर, साउन १६
कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा गरेको खर्च सार्वजनिक गरेको छ । नगरपालिकाले बिहीबार चैतदेखि असार मसान्तसम्मको खर्च सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको खर्चअनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा जम्मा दुई करोड १० लाख ८४ हजार खर्च गरिएको छ । बेलौरीमा सबैभन्दा बढी खाद्यान्नमा खर्च गरिएको पाइएको छ । नगरपालिकाले खाद्यान्नमा ६२ लाख २५ हजार खर्च गरेको जनाएको छ । त्यसपछि स्वास्थ्य सामग्री खरिद र क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनमा खर्च गरिएको छ ।
नगरपालिकाले सार्वजनिक विवरणअनुसार स्वास्थ्य सामग्री खरिदमा ५३ लाख र क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनमा ३३ लाख बढी खर्च गरिएको छ । यसैगरी नगरपालिकाले विद्युतीय सामग्री खरिद र जडान, सशस्त्र पोष्ट निर्माण, सरसफाई, इन्धन, साइकल खरिद, कर्मचारी विशेष भत्ता, सञ्चार, ढुवानीलगायतमा खर्च गरिएको छ । नगरपालिका सबै ११ वडामा एक करोड २४ लाख खर्च भएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया