बाँके, साउन १८
बाँकेमा आज आइतबारबाट अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचनाअनुसार शनिबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । त्यस अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
त्यसैगरी एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला र कूटनैतिक सवारी, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडीहरु मात्र सञ्चालन गर्न दिइने भएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्नथालेपछि बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आइतबारदेखि मंगलबारसम्म तीनदिने निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया