दक्षिण सुडानका १३ लाख बालबालिका कुपोषणको उच्च जोखिममा
सुडान, साउन १८
दक्षिण सुडानमा झण्डै १३ लाख बालबालिकाहरु कुपोषणको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको युनिसेफले पाँच बर्ष मुनिका १३ लाख बालबालिका कुपोषणको उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांकमा उल्लेख भएअनुसार कुपोषणको उच्च जोखिममा रहेका बालबालिकामध्ये धेरै बालबालिका पर्याप्त स्तनपान गर्न नपाएर कुपोषित भएका बालबालिका रहेका छन् । ‘कुपोषणको जोखिममा रहेका बालबालिकाहरुलाई स्तनपानको आवश्यकता देखिएको छ, त्यसैगरी अन्य पौष्टिक तत्वहरु पनि उनीहरुलाई पर्याप्त उपलब्ध गराउनुपर्ने खाँचो छ’, युनिसेफका एक अधिकारीले भने ।
दक्षिण सुडानका लागि युनिसेफका प्रतिनिधि मोहम्मद एग एयोयाले जुवाबाट जारी गरेको वक्तव्यमा कुपोषणको जोखिममा रहेका बालबालिकाहरुलाई सहयोगको आवश्यकता रहेकोमा जोड दिएको छ । बालबालिकाहरुलाई अत्यावश्यक न्युनतम स्तनपानका लागि आमाहरुलाई सहयोग गर्न पनि युनिसेफले सवैलाई आग्रह गरेको छ । ‘नयाँ आमाहरुलाई सकेसम्म राम्रो सहयोग गर्नु हामी सबैको दायित्व हो, त्यसो भयो भने नयाँ बालबालिकाको जीवनमा ठूलो योगदान हुनसक्छ’, अयोयाले भनेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया