२० हजार कम्पनी दर्ता गर्ने कम्पनी रजिष्ट्रार कार्यालयको लक्ष्य
प्रविण राउत
काठमाडौँ, साउन १९
कम्पनी रजिष्ट्रारको कार्यालयले चालू आर्थिक वर्ष (२०७७/७८) का २० हजार नयाँ कम्पनी दर्ता गर्ने लक्ष्य लिएको छ । हालसम्म करिब साढे दुई लाख वटा कम्पनीहरु दर्ता भईसकेको अवस्थामा थप २० हजार नयाँ कम्पनी दर्ता गर्ने लक्ष्य राखेको कार्यालयका रजिष्ट्रार प्रदिपराज अधिकारीले बताए । ‘हालसम्म प्राइभेट कम्पनी, पब्लिक कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनी गरी दुई लाख ३६ हजारभन्दा बढी कम्पनी कार्यालयमा दर्ता भएका छन्’, उनले भने, ‘यी तीनवटै कम्पनी गरेर हामीले आफनो लक्ष्य पुरा गर्न सक्छौं । आइतबार मात्रै ६५ कम्पनी दर्ता भएका छन् यो क्रम विस्तारै बढ्दै जानेछ ।’
मुलुकमा लगानीमैत्री वातावरण बनेको र कम्पनी स्थापना गर्ने लय समेतमा वृद्धि भएको हुदाँ सो संख्यामा नयाँ कम्पनी आउने कार्यालयले जनाएको छ । यस्तै कार्यालयले नयाँ कम्पनी दर्ता गराउन सहज होस् भनि दर्ता प्रक्रिया डिजिटल प्रणालीबाट समेत गर्ने बताएको छ । ‘भदौको सुरुदेखि कम्पनी राजिष्टारको कार्यालय डिजिटल प्रविधिबाट सेवा दिने भएको छ’, रजिष्ट्रार अधिकारीले भने, ‘अब पहिलेको जस्तो सेवाग्राही फाइल लिएर कार्यालय आउनुपर्दैन । कागज बोकेर कार्यालय आउनु पर्ने दिनको अन्त्य हुन्छ हामी कागजी फाइलको जाँच गर्ने छैनौं ।’
डिजिटल प्रविधिबाट कम्पनी दर्ता सुरु गरेसँगै दुई मिनेटको समयमा अटोमेटिक प्रविधिबाट कम्पनी दर्ता हुन्छ । त्यसैले गर्दा डिजिटल हस्ताक्षर समेत प्रचलनमा ल्याउने तयारीसहित कार्यालय अघि बढेको उनको भनाइ छ । रजिष्ट्रार अधिकारीले व्यवसायिक सुशासनको लागि समेत कार्यालयमा डिजिटल प्रविधि आवश्यक रहेको बताए । कागजी फाइलका कारण विभिन्न समस्या देखापरेको हुँदा प्रविधिमैत्री कार्यालय बनाउनको लागि अघि सरेका हौं, उनले भने, तर व्यवसायिक सुशासन नचाहने तत्वले कार्यालयलाई प्रविधि मैत्री हुनुबाट रोक्ने प्रयास समेत गरेका छन् । उनले त्यस्ता तत्वहरुको बारेमा को के लागेको भन्ने बारेमा भने कुनै जानकारी दिन चाहेनन् ।
कार्यालयकानयाँ कम्पनी दर्ताका लागि अब डिजिटल प्रणालीबाट गरिने बताए । उद्योग राज्यमन्त्री मोतीलाल दुगडले नै कार्यालयले सुरु गर्ने प्रविधिमैत्री सेवामा पूर्ण सहयोग गर्नु भएको छ, रजिष्ट्रार अधिकारीले भने, केहि तत्वहरु छन् जो कर्मचारीलाई नकारात्मक प्रभाव पार्न चाहन्छन् हामी तिनीहरुलाई पन्छाउदै अघि बढ्ने छौं । पछिल्लो दुई आर्थिक वर्षमा मात्रै प्राइभेट कम्पनी, पब्लिक कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनी गरेर करिब २० हजार नयाँ कम्पनी कार्यालयमा दर्ता भएका छन् । आव २०७६/०७७ मा १८ हजार छ सय ५४ वटा र आव ०७७/०७८ मा एक हजार चार सय ६५ वटा कम्पनी कार्यालयमा दर्ता भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया