सनराइज बैंकभित्रै महिला कर्मचारी मृत अवस्थामा फेला : घटना शंकास्पद
विराटनगर, साउन २३
सनराइज बैंक विराटनगर शाखामा कार्यरत एक महिला कर्मचारी बैंकभित्रै मृत अवस्थामा फेला परेकी छिन् । बैंंकको कर्जा शाखाको वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत सनाज खतिवडा बुधबार कार्यालय समयमा नै मृत अवस्थामा बैंकको स्टोर रुममा फेला परेकी थिइन् । मृतकले घटनास्थलमा मुसा मार्ने दवाईसमेत प्रयोग गरिएको भेटिएको छ ।
मुसा मार्ने दवाई सेवनको कारण खतिवडाको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । साथै उनले ब्लेडले आफ्नो देब्रे हातसमेत काटेको अवस्थामा उनलाई भेटिएको प्रहरीको भनाइ छ । ब्लेड र विषादीको बट्टा पनि प्रहरीले बरामद गरेको छ । मृतकको व्यागबाट सुसाइड नोटसमेत फेलापरेको छ । सुसाइड नोटमा के लेखिएको छ भन्नेबारे प्रहरीले खुलाएको छैन । मृतकको शवलाई पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
बैंक कर्मचारी सनाज खतिवडाले आत्महत्या गरेको बेला बैंकको सुरक्षा गार्डसँगै आधादर्जन कर्मचारी बैंकमै कार्यरत रहेको बताइएको छ । बैंकभित्र पनि जताततै सीसीटीभी क्यामेरा रहेकाले बैंकभित्रै आत्महत्या गर्ने कुरा स्वाभाविक नभएको स्रोतले बताएको छ । अनुसन्धानमा खटिएका प्रहरीले पनि पूर्ण अनुसन्धानपछि मात्र मृत्यु कसरी भएको हो भन्नेबारे बताउन सकिने वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए । घटना भएलगतै समाचार संकलनका लागि घटनास्थलमा पुग्दा बैंक प्रशासनले पत्रकारहरूलाई घटनास्थलमा प्रवेश गर्न दिएन ।
उक्त बैंकका प्रबन्धकलाई घटनाबारे सोधपुछ गर्न खोजे पनि बैंकका म्यानेजरदेखि जिम्मेवार कर्मचारीहरू सर्म्पकमा आउनै चाहेनन् । यस्तो बैंक प्रशासनको कदमले पनि घटनालाई थप शंकास्पद बनाएको छ । विराटनगर महानगरपालिका वडा नं. ८ सहयोगी टोलकी ३० वर्षीया खतिवडाले आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
प्रहरीस्रोतका अनुसार मृतकको सुसाइट नोटमा आफ्नै कारणले मरेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको छ । मृतक युवतीले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रूपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तीय संस्थामा आफ्नो सेयर रहेको सुसाइट नोटमा उल्लेख गरेको प्रहरीस्रोतको भनाइ छ । मृतक परिवार नजिकका एक सदस्यका अनुसार युवतीमा केही दिनदेखि मानसिक तनाव देखिएको थियो तर त्यो तनाव यसरी मृत्युमा नै पुग्ला भन्ने अन्दाज कसैको पनि थिएन । उक्त घटनाको बाँकी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया