लिवर्टी इनर्जीको साधारण सेयर भदौ ३ गतेबाट
काठमाडौं, साउन २९
लिवर्टी इनर्जी कम्पनी लिमिटेडले यही भदौ तीन गतेबाट साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार नौ ३० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुने ३७ करोड ५० लाख रुपैयाँँबराबरको प्रतिसेयर एक सय रुपैयाँँ अंकित मूल्य रहेको ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाहरूको लागि निष्काशन गरी बाँडफाँट नभएको १३ लाख १५ हजार नौ सय ३० कित्ता समेत गरी कुुल ३५ लाख ६४ हजार नौ सय ३० कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा भदौ सात गते र ढिलोमा भदौ १७ गते बन्द हुुनेछ । कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँँ रहेको छ भने जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् कम्पनीने चुक्ता पुँजी पनि एक अर्ब ५० करोड रुपैयाँँ नै पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया