काठमाडौं, साउन ३०
नेपालको व्यापारको अवस्था अत्यन्त नाजुक हुँदै गएको छ । यसको मुख्य कारण उत्पादनमा कमी हुनु हो । आयातमा निर्भर समाज र सरकारले उत्पादनमा रचनात्मक भूमिका खेल्न नसक्नु अर्को कारण हो । निजी क्षेत्र पनि उत्पादनभन्दा पनि व्यापारमा मात्र सीमित हुनु अर्को कारण रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार पछिल्लो तीन आर्थिक वर्ष (२०७४ देखि ०७७) को अवधिमा नेपालको आयातनिर्यातको अनुपात क्रमशः २७८ प्रतिशत (अर्थात् ३८ खर्ब ५९ अर्ब रुपैयाँ) : १९ प्रतिशत (अर्थात् दुई खर्ब ७५ अर्ब रुपैयाँ) रहेको छ ।
आयातनिर्यातको ग्राफलाई हेर्दा मुलुकमा सामग्री उत्पादन नै नहुनेजस्तो भान हुन्छ । केन्द्रको तथ्यांकलाई आधार मान्दा भान्सालाई आवश्यक पर्ने सामग्रीदेखि ठूला उद्योग, कलकारखाना तथा हवाइदेखि सवारीसाधनका महँगा पार्टपुर्जा तथा पेट्रोलियम पदार्थ समेत आयात गर्नुपर्ने बाध्यता छ भने निर्यातको हकमा भने सीमित कृषि उत्पादित सामग्री, पछिल्ला वर्षमा पाम आयल, हस्तकलाका सामग्री, कपडा, चाउचाउ, फुटवेयर, तयारी वस्तु र मासुजन्य सामग्री रहेका छन् ।
आव २०७६-०७७ मा आयात ९२ दशमलव ५ प्रतिशत अर्थात् ११ खर्ब ९६ अर्ब रहेको छ भने निर्यात ७ दशमलव ५ प्रतिशत अर्थात् ९७ अर्ब ७१ करोड रहेको छ । सो वर्षमा निर्यात आयातको अनुपात १ः१२ः२ रहेको छ । त्यसैगरी उक्त वर्ष कुल व्यापार १२ खर्ब ९४ अर्ब र व्यापारघाटा १० खर्ब ९९ अर्बको रहेको छ ।
आव २०७५-०७६ मा आयात ९३ दशमलव ६ प्रतिशत अर्थात् १४ खर्ब १८ अर्ब रहेको छ । निर्यात ६ दशमलव ४ प्रतिशत अर्थात् ९७ अर्ब ११ करोड अर्थात् निर्यातआयातको अनुपात १ः१४ः६ रहेको छ । त्यसैगरी उक्त वर्ष कुल व्यापार १५ खर्ब १५ अर्ब र व्यापारघाटा १३ खर्ब २१ अर्ब रहेको छ ।
आव २०७४-०७५ मा आयात ९३ दशमलव ९ प्रतिशत अर्थात् १२ खर्ब ४५ अर्ब रहेकोमा निर्यात ६ दशमलव १ प्रतिशत अर्थात् ८१ अर्ब ३३ करोड अर्थात् निर्यातआयातको अनुपात १ः१५ः३ रहेको छ । त्यसैगरी उक्त अवधिमा कुल व्यापार १३ खर्ब २६ अर्ब तथा व्यापार घाटा ११ खर्ब ६३ अर्ब रहेको छ ।
यसरी नेपालको व्यापारमा आयात ग्राफ सदैव उच्च र निर्यातको ग्राफ न्यून हुँदै सरकार र निजी क्षेत्रसँग यसलाई सुधार गर्नको लागि कुनै ठोस योजना रहेको नरहेको कुरा दुवै क्षेत्रका अधिकारीहरु स्वीकार गर्छन् । नाम उल्लेख नगर्न शर्तमा मन्त्रालयका अधिकारी निजी क्षेत्र सरकारी स्रोत लिने अनि दुरुपयोग मात्र गर्ने र सरकारले अनुगमन तथा कारबाही नगर्दा समस्या देखापरेको बताउँछन् । निजी क्षेत्रले विभिन्न समयमा विभिन्न आयोजना सञ्चालन गर्ने भन्दै सरकारी स्रोत लिने र त्यसको सदुपयोग नगरेको पाइन्छ ।
नेपालको निकासी व्यापारमा प्रमुख रुपमा संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्विट्जरल्याण्ड आदि प्रमुख छन् भने पैठारी व्यापारमा भारत, चीन, इण्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), संयुक्त राज्य अमेरिका, क्यानडा, स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, फ्रान्स रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया