Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेलपे सेल्सबेरी अफर सञ्चालनमा

सेलपे सेल्सबेरी अफर सञ्चालनमा


काठमाडौं, भदौ २
सेलकम प्रालिको सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँगको सहकार्यमा सेलपे सेल्सबेरी अफर सञ्चालनमा ल्याएको छ । यो अफर कात्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यो अफरअन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ वटा आउटलेटमा कुनै पनि सामान खरिद गरी सेलपेबाट स्कान एण्ड पेमार्फत भुक्तानी गरे १५ प्रतिशत छुट (अधिकतम पाँच सय रुपैयाँ) पाउनेछन् ।

सेलपे सेल्सबेरी अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सबेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्नेछ र सेलपे एपमा रहेको ‘पे मर्चेन्ट’ क्लिक गरी काउन्टरमा रहेको स्क्रिनमा देखाएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिनेछ । सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बीमा रकम भुक्तानीलगायतका कारोबार गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x