गरिमा विकास बैंकले कमायो ५३ करोड ९३ लाख
काठमाडौं, भदौ ९
गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ५३ करोड ९३ लाख छ हजार पाँच सय रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५९ करोड ४४ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ४२ अर्ब ४३ करोड ३० लाख २२ हजार दुुई सय २३ रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९४ करोड ९३ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ६२ करोड ३३ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा वितरणयोग्य नाफा ३४ करोड २४ लाख १९ हजार रुपैयाँ रहेको बैकको स्प्रेड दर भने चार दशमलव ९५ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैकले २९ अर्ब ७६ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब २१ करोड नौ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ४० करोड १९ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्पे्रड दर चार दशमलव ८१ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
- बजार परिसुचक २१ सय १५ बिन्दुमा
- मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
- कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
- हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु
- सरावल गाउँपालिकाको भौतिक प्रगति ८० प्रतिशत
- राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता
- दुहवी र इटहरीका आगलागी पीडित घरपरिवारलाई राहत वितरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया