काठमाडौँ, भदौ ९
चीनले कोरोना रोक्न आफ्ना नागरिकलाई खोप लगाउन थालिएको दाबी गरेको छ । चीनको कोभिड–१९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुखसमेत रहेका राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ चोङवेइले आपत्कालीन प्रयोगका लागि खोप लगाउन सुरु गरिएको जानकारी दिएका हुन् ।
चिनियाँ भ्याक्सिन म्यानेजमेन्ट कानुनको समन्वयमा शनिबार बेइजिङको घरेलु कम्पनीबाट खोप लगाउन थालिएको उनले बताए । ‘कोरोनाको उच्च जोखिममा रहेका मानिस जस्तैः स्वास्थ्यकर्मी, महामारी नियन्त्रक र भन्सार कर्मचारीमा खोप प्रयोग गर्न कानुनी अनुमति प्राप्त भएको छ,’ शनिबार राति चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) मा बोल्दै चङले भने ।
उनका अनुसार आपत्कालीन प्रयोगका लागि दिएको आवेदनअनुसार चीनको केन्द्र सरकारले व्यापक छलफल र अध्ययनपछि जुन २४ मा योजनालाई अनुमोदन गर्दै अगस्ट २२ तारिखदेखि खोप लगाउन अनुमति दिएको हो । यस्तै चाइना नेसनल बायोटेक ग्रुपका प्रमुख याङ स्याउमिङले कम्पनीले खोपको तेस्रो चरण परीक्षणका लागि थुप्रै मुलुकसँग सम्झौता गरिसकिएको र अहिलेसम्म झन्डै २० हजार मानिसमा परीक्षण भइसकेको बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
- प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट
- कैलाश सिरोहिया पक्राउ
- सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
- कागेश्वरी मनहरा घटना: मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
- बजार परिसुचक २१ सय १५ बिन्दुमा
- मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया