Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफर्ष्ट माइक्रोफाइनान्सले १३ प्रतिशत लाभांश दिने

फर्ष्ट माइक्रोफाइनान्सले १३ प्रतिशत लाभांश दिने


काठमाडौं भदौ १२
फर्ष्ट माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १३ दशमलव ६८ प्रतिशत अर्थात् १० करोड ९५ लाख ७५ हजार एक सय ३७ रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषणा गरेको कुल लाभांशमध्येमा नौ दशमलव ५० प्रतिशत अर्थात् सात करोड ६० लाख ७० हजार चार सय ५४ रुपैयाँबराबरको बोनस सेयर र चार दशमलव १८ प्रतिशत अर्थात् तीन करोड ३५ लाख चार हजार छ सय ८३ रुपैयाँबराबरको नगद लाभांश रहेको संस्थाले जानकारी दिएको छ ।

संस्थाले २०७७ असार मसान्तसम्मको सञ्चित मुुनाफामध्येबाट कायम रहेको कुुल चुक्ता पुँजी ८० करोड सात लाख ४० हजार सात सय ४६ रुपैयाँमध्येबाट उक्त अनुुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरण सम्वन्धमा सञ्चालक समितिको बुुधबार बसेको एक सय ६८औं बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारण सभापश्चात् कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x