काठमाडौं ।
नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार छ सय २४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेपछि लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ । तर संक्रिय संक्रमितको संख्या काठमाडौं उपत्यका र तराईका केही जिल्ला मात्र बढी छन् ।
पाँच÷सात जिल्लाको तथ्यांक हेरेर देशभर लकडाउन गर्न नहुने माग व्यवसायी र सर्वसाधारणले गर्दै आएका छन् । सरकारले १९ हजार छ सय २४ जना पुगेको बताए पनि आधा जति होम आइसोलेसनमा छन् । देशभरका स्वास्थ्य प्रयोगशालामा सोमबार १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी संस्थागत आइसोलेसनमा आठ हजार छ सय ९५, होम आइसोलेसनमा १० हजार नौ सय २९ तथा विभिन्न क्वारेन्टिनमा छ हजार तीन सय १० जना छन् ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार सोमबार एक हजार तीन सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी सोमबार कोरोना निको भई सात सय ४२ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार छ सय ४० पुगेको मन्त्रालयले जनाएको छ ।
मुलुकभरका अस्पतालमा हाल कोरोना सङ्क्रमितमध्ये दुई सय २५ जनाको आईसीयूमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ५६ पुरुष छन् । थपिएकामा सुनसरीमा ३६, मोरङमा ३० जसमा १६ जना विराटनगरमा, ओखलढुङ्गामा चार, खोटाङ र झापामा दुई÷दुई, धनकुटा र इलाममा एक÷एक तथा प्रदेशबाहिर सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उक्त प्रदेशमा कोरोना सङ्क्रमित छ हजार पाँच सय १९ मध्ये उपचारपछि दुई हजार आठ सय ६८ घर फर्किसकेका छन् । गएको २४ घण्टामा ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ भने आज नौ सय २२ सहित हालसम्म एक लाख २१ हजार नौ सय १२ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया