सुजुकीका दुई पाङ्ग्रे सवारी खरिद गर्दा एनआईसी एसियाका ग्राहकलाई १५ हजार छुट
काठमाडौं ।
भीजी अटोमोबाइल्स प्रालिले एनआईसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार छुट प्रदान गर्ने भएको छ । कम्पनीले दुई पाङ्ग्रे सवारीको खरिदमा १२ हजार रुपैयाँ नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी कुल १५ हजार रुपैयाँ रकम छुट दिने एनआईसी एसिया बैकसँग समझदारी गरेको छ ।
उक्त समझदारीपत्रमा भीजी अटोमोबाइल्सका उपमहाप्रबन्धक धिरज भट्टराई र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्ताक्षर गरेका हुन् । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बताइएको छ ।
भीजी अटोमोबाइल्ससँगको यो सहकार्यले बैंकका ग्राहकहरुको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका ग्राहकहरूले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिनसक्ने व्यवस्था समेत गरेको छ । उक्त आवेदन जुनसुकै स्थानबाट जुनसुकै समयमा दिन सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गृहमन्त्री लामिछानेद्वारा यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन
- सूचना र शिक्षा दुवै क्षेत्रमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण: सञ्चारमन्त्री शर्मा
- प्रतिनिधिसभा बैठक ४ बजेका लागि सारियो
- बिनाविभागीय मन्त्री आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
- सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी
- सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
- मन्त्री भण्डारीद्वारा बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ
- मदन र आश्रितको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया