मेगा बैंकले ल्यायो हातैमा रेमिट्यान्स योजना
काठमाडौं ।
मेगा बैंकले हातैमा रेमिटेन्स योजना सार्वजनिक गरेको छ । बैंकले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिकरूपमा विकास गर्दै उक्त योजना सार्वजनिक गरेको हो । स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी अत्याधुनिक सेवा प्रारम्भ गरेको हो । रेमिट केन्द्रहरूमा नपुगी आफैंले मोबाइलबाट सिधै रकम रेमिट गर्न सकिने हुँदा यसलाई ‘हातैमा रेमिट्यान्स’ भन्ने नाम दिइएको बैंकले जानकारी दिएको छ ।
‘स्मार्ट जमानाको, स्मार्ट रेमिट्यान्स’ भन्ने नाराबाट सुरु गरिएको यो सुविधाबाट नेपालभर आफूले चाहेको स्थानमा रकम पठाउन सकिने बैंकले जनाएको छ । एक पटकमा बढीमा एक लाख रुपैयाँसम्म रेमिट गर्न सकिनेछ । प्राप्त गर्ने व्यक्तिको मेगा बैंकमै खाता भएमा सिधै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ । तर, खाता नभएमा मेगा बैंकका देशभर छरिएका १० हजार एजेन्टहरू तथा मेगा बैंकका देशभरका दुई सय छवटा शाखा कार्यालयहरूमध्ये आफूलाई पायक पर्ने स्थानबाट नगदमै रकम प्राप्त गर्न सकिने जानकारी पनि बैंकले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
- महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
- अड्डाहरूका कवाडी सामान र लिलाममा उदासीनता
- सफल साक्षरताका आधार र सात ‘स’
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
- आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेमा केन्द्रित
- ‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया