एनएमबी बैंक बन्यो, सेती नदी जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता
काठमाडौं ।
एनएमबी बैंक लिमिटेडले २५ मेघावाटको सेती नदी जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन कार्य गरेको छ । गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत् परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा निर्माण गर्दै गरेको बैंकले जानकारी दिउको छ ।
यो परियोजनामा एनएमबी बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरूमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् । २५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत् आयोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ रहेको छ । जसमध्ये बैंकहरूको लगानी कुल तीन अर्ब ५० करोड रुपैयाँको हुनेछ ।
यो आयोजना समेत एनएमी बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको जानकारी दिएको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा दुुई अर्ब २७ करोड छ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २५ करोड ७२ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १३ अर्ब ९५ करोड नौ लाख ८७ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब ३१ अर्ब ६६ करोड तीन लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १५ अर्ब ७० करोड ३२ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ५२ करोड ५६ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४२ करोड ६८ लाख २९ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकमा दुई दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले ९७ अर्ब ८९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब २४ करोड ४० लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया