नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता बने कार्की र रानामगर
काठमाडौं, पुस १४
नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् । शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगितामा २ सय सीसी सेगमेन्टमा पविन कार्कीले दोस्रो र भिम होनाले तेस्रो स्थान हासिल गरे । त्यसैगरी १ सय ५० सीसी सेगमेन्टमा नवीन खड्गीले दोस्रो र प्रताप बस्नेतले तेस्रो स्थान हासिल गरे ।
पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः ३५ हजार, २० हजार र १५ हजार नगद प्राप्त गरेका छन् । काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सम्पन्न बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ अर्थात नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक सो प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको थियो । मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो रेसिङ प्रतियोगितामा नोभिस र ओपन गरी दुई क्याटागोरीमा राइडरहरु सहभागी भएका थिए । यसमा १ सय ५० देखि २ सय सीसी सम्मका बाइक गुडाइएका थिए । सो प्रतियोगितामा एक सय भन्दा बढी बाइक राइडरहरुले सहभागिता जनाउने छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया