समाज लघुवित्तको पहिलो त्रैमासिक नाफा ३९ लाख ८ हजार
काठमाडौं ।
समाज लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३९ लाख आठ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन हजार तीन सय ५० रुपैयाँ मात्र रहेको थियो ।
चुक्ता पुँजी २० करोड रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ३६ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी २१ करोड ३४ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड २७ लाख ७३ हजार रुपैयाँ रहेको छ । निष्क्रिय कर्जाको अनुपात शून्य रहेको संस्थाको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५४ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय पाँच रुपैयाँ १० पैसा रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक करोड आठ लाख ५९ हजार रुपैयाँ निक्षेप संंकलन गरी छ करोड ४४ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन लाख ७४ हजार दुुई सय ८० रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल
- ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
- धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
- माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन
- कर्णाली प्रदेश: चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया