कामना सेवा विकास बैंकका छवटा नयाँ शाखा
काठमाडौं, पुस १६
कामना सेवा विकास बैंक लिमिटेडले छवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत हप्ता मात्र प्रदेश नं. ३ अन्तर्गत काठमाडौँं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्ध साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकास्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल छवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई समय सापेक्ष अझै उच्चस्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा एक सय १४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
कामना सेवा विकास बैंक र एमएडब्लूबीच सम्झौता :- कामना सेवा विकास बैंक लिमिटेड र एमएडब्ल्यू भ्रिद्धि कमर्सियल भेहिकल्स प्रालिबीच सम्झौता भएको छ । दुवै संस्थाका प्रमुखरुबीच व्यापारीक सम्झौता भएको हो । सम्झौताअनुसार एमएडब्ल्यू भ्रिद्धि कमर्सियल भेहिकल्स प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले कामना सेवाका सबै शाखा कार्यालयहरुबाट सहजर छरितोरुपमा फोटोन ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एमएडब्ल्यूका तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका छन् । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय १४ वटा शाखा, ६० वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने लक्ष्य लिएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया