अमेरिकी सेयरबजारबाट चिनियाँ कम्पनीलाई गलहत्याउन सक्ने कानुनमा ट्रम्पले हस्ताक्षर गरे
वासिड.टन. ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीलाई अमेरिकी सेयरबजारबाट निष्काशन गर्नसक्ने कानुनको विधेयकमा गत शुक्रबार हस्ताक्षर गरेका छन् । रोयटर्सका अनुसार अमेरिकी अडिटसम्बन्धी मानक मापदण्ड अनुसरण नगर्ने चिनियाँ कम्पनीलाई यो कानुनले गलहत्याउन सक्नेछ ।
रिपब्लिकन राष्ट्रपतिले ह्वाइटहाउस छोड्ने समय नजिकिइरहँदा चीनमाथि थप दबाब सिर्जना गर्न यो कानुन ल्याइएको हो । यो कानुनको नाम ‘द होल्डिङ फरेन कम्पनिज एक्ट’ रहेको छ । विशेषतः चिनियाँ कम्पनी लक्षित भए पनि यो कानुनले अमेरिकी पब्लिक एकाउन्टिङ ओभरसाइट बोर्डको तीन वर्षे अडिट मापदण्ड पालना नगर्ने कुनै पनि विदेशी कम्पनीको धितोपत्र (सेयर) अमेरिकी सेयरबजारमा सूचीकृत हुनबाट रोक्नसक्छ ।
यो विधेयक अमेरिकी संसदमा गत वर्ष पारित भएको थियो । डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए । ट्रम्प राष्ट्रपति भएयता चीनविरुद्ध कडा नीति अख्तियार गर्दै आएका छन् । विशेषगरी व्यापारमा ट्रम्प निकै आक्रामक देखिँदै आएका छन् । यो कानुनपछि विदेशी कम्पनीहरुले आफ्नो स्वामित्वबारे पनि स्पष्ट खुलाउनुपर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया