लक्ष्मी बैंकको ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिता, डिजिटल बैंकिङलाई प्रोत्साहन
काठमाडौं ।
लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियानअन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभहरूको बारेमा जनचेतना जगाउने उद्देश्यले माइ मोबाइल मनी भिडियो प्रतियोगिताको घोषणा गरेको छ । बैंकका अनुसार यो प्रतियोगिताअन्तर्गत सहभागीहरूले बैंकको मोबाइल बैंकिङ सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनुु पर्नेछ । यसरी प्राप्त भिडियोहरूको भावनात्मक पक्ष, सृजनात्मकता, कथावस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार प्रदान गरिनेछ ।
यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङजस्ता डिजिटल विकल्पहरूलाई अपनाउने रुचिको अभिवृद्धि गर्ने व्यापक प्रयास गरेको छ । बैंकको मोबाइल मनी एप गुुगल प्लेस्टोर र एपल स्टोरमा उपलब्ध हुुनेछ । माइ मोबाइल मनी क्राउड सोर्सिङमा आधारित दास्रो प्रतियोगिता हो ।
यसअघि बैंकले सञ्चालन गरेको डेबिट कार्ड र डिजाइनिङ प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त भएको थियो । बैंकले प्राप्त सुझावहरूलाई समेटेर डेबिट कार्डको डिजाइन समावेश गरेको छ । ग्राहकहरूलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरूमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरू निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया