मेगाप्लस सहकारीका अध्यक्ष पोखरेलविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं ।
काठमाडौंको बालाजु गंगाहलनजिकै कार्यालय रहेको मेगाप्लस सहकारीका अध्यक्ष बद्री पोखरेलविरुद्ध प्रहरीमा उजुरी परेको छ । सहकारीका अध्यक्ष रहेका पोखरेल मेगा केबल र मेगा टेलिभिजनका समेत मालिक हुन् । पोखरेलले सेयर रकम ठगी गरेको भन्दै पीडित श्याम प्रसाद पौडेलले महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरी गरेका हुन् ।
मेगा केबल नेटवर्कका सञ्चालकमध्येका एक पौडेलले उजुरी हाले पनि प्रहरीले पोखरेललाई पक्राउ गरेको छैन । पोखरेलले टेलिभिजनको रवाफ देखाएर आफ्नो सेयर रकम फिर्ता नदिई हत्याएको आरोप पौडेलले उजुरीमा लगाएका छन् । अध्यक्ष पोखरेलले सर्वसाधारणको करिब ४ करोड बचत रहेको सहकारीको रकम निकालेर ठगी अभियोगमा जेल परेका वेभसर्फरका अध्यक्ष सुमन क्षेत्री र उनका दाजुभाइलाई निकाल्नप्रयोग गरेको समेत खुलेको थियो । मेगा केबलमा ५० प्रतिशत सेयर होल्डर रहेको वेभसर्फरको इन्भेस्टमेन्ट कम्पनी बोर्डका मालिक क्षेत्री दाजुभाइलाई निकाल्न सहकारीबाट ८५ लाख रुपैयाँ निकालेको केबलका सेयर सदस्य पौडेलले बताए ।
लेखापरीक्षण प्रतिवेदनअनुसार उनी आफैँ अध्यक्ष रहेको सहकारी मेगा प्लसबाट आफैँ अध्यक्ष प्रबन्ध सञ्चालक रहेको मेगा केबल नेटको नाममा एक करोडभन्दा बढी ऋण निकालिएको छ । आफू संलग्न भएकै कम्पनीको नाममा आफ्नै अध्यक्ष रहेको सहकारी तथा वित्तीय संस्थाबाट ऋण निकाल्नु नै ऋण अपचलन हो । मेगा सहकारीमा भइरहेको ऋण अपचलनको विषयमा सहकारी विभागमा समेत उजुरी गर्ने तयारी सेयर सदस्यहरुले गरेका छन् ।
सहकारीका अध्यक्ष पोखरेलले टेलिभिजन, सहकारीमा आफू र आफ्नो स्टाफले खाएको खाजा समेत मेगा केवलको नाममा बिलतिराउने गरेको सेयरधनी पौडेलको दाबी छ । सहकारीले पोखरेल नै अध्यक्ष रहेको मेगा केवललाई नै २१ प्रतिशत ब्याज र ३ प्रतिशत सेवाशुल्कमा ऋण लगाएको छ ।
‘मेगा केबलसँग २१ प्रतिशतको दरले ब्याज खाइरहेको छ भने सोही रुपमा हिसाब गर्दा केवलमा मात्रै उनले ३० देखि ३१ लाख रुपैयाँ अपचलन गरेका छन्’, पौडेलले भने । लेखापरीक्षण प्रतिवेदनअनुसार पोखरेलले सहकारीसँग कर्जा उपयोग पुष्टि नहुने कागजात पेश गरेर मेगा केबलको एकै नाममा पटक पटक ४६ लाख रुपैयाँ निकालेका छन् । उनले आफैँ अध्यक्ष रहेको टेलिभिजनको नाममा समेत करोडौँ ऋण अपचलन गरेको स्रोतले जानकारी दियो । सहकारीबाट पोखरेलले सन् २०१७ जुन १४ मा लिएको ११ लाख रुपैयाँ ऋण कम्पनीको नाममा रहेको मेगा सहकारीकै खातामा समेत जम्मा भएको छैन । उनले यो रकम आफूखुसी प्रयोग गरेको लेखापरीक्षण प्रतिवेदनमै देखिन्छ ।
एकै व्यक्ति दुईवटा सहकारीमा !
सहकारी ऐनअनुसार एकै व्यक्ति दुई सहकारीमा बस्न मिल्दैन । मेगाप्लस सहकारीमा म्यानेजर रहेका छविरमण आचार्य कपनमा रहेको लाइफ भिजन सहकारीको अध्यक्ष तथा सञ्चालक छन् । उनी दुवैतिरबाट तलब लिने भाग्यमानी सहकारी अभियन्ता हुन् । मेगाप्लस सहकारीमा ऋण अपचलनको घटनामा समेत आचार्यको भूमिका शंकास्पद छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया