सिद्धार्थ विश्वज्योति मल्टिपर्पोज र माछापुच्छ्रे बैंकबीच सम्झौता
काठमाडौं ।
फोर्स मोटर्सको आधिकारिक बिक्रेता सिद्धार्थ विश्वज्योति मल्टिप्रपोज कम्पनी प्रालि र माछापुच्छ्रे बैंक लिमिटेडबीच सम्झौता भएको छ । फोर्स मोटर्सका ग्राहकहरुले फोर्स मोटर्सले नेपालमा बिक्री गर्दै आएका विभिन्न सेग्मेन्टका सवारीहरुको खरिदमा माछापुच्छ्रे बैंकबाट सहुलियत दरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ फोर्स मोटर्सको तर्फबाट संस्थाका अध्यक्ष दिनेशमान आमात्य र निर्देशक प्रविन कुमार भारी तथा माछापुच्छे्र बैंकको तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमूख उज्वल पाण्डेले हस्ताक्षर गरेका छन् । पछिल्लो समय फोर्स ब्राण्डको ट्याक्स क्रुजर जिपले राम्रो मार्केट लिएको छ ।
कम्पनीका अनुसार यो कमर्सियल भाडा जिपअन्तर्गत सबैभन्दा धेरै सिट क्षमता भएको सवारी पनि रहेको छ । साथै पिकअप सेग्मेन्टमा कार्गो किंग तथा प्यासेन्जर मिनि सवारीअन्तर्गत र टि वान तथा टि टु समेत राम्रो मानिएका सवारी हुन् । यी सवारी टुरिजम क्षेत्रमा सबैभन्दा बढी प्रयोगमा आएका सवारी समेत हुन् ।
लामो समयको वारेन्टी समय देशभरिका विभिन्न स्थानमा सर्वसुलभ रुपमा स्पेयर्स पाट्र्स तथा अनुभवी मेकानिक रहेकोले पनि फोर्स मोटर्सको मार्केट बलियो हुने देखिएको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया