अनलाइनमार्फत ठगी गरेको अभियोगमा पाँच जना पक्राउ
काठमाडौं, पुस २३
अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पाँच जनालाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सतुंगल बस्ने रौतहट मंगलपुर गाउँपालिका ३ घर भएकी २८ वर्षीया सर्मिला कुमारी श्रेष्ठ, काठमाडौं महानगरपालिका ५ हाँडीगाउँ बस्ने मोरङ विराटनगर घर भएका २९ वर्षीय अलङकार जैन, काठमाडौं महानगरपालिका १७ क्षेत्रपाटी बस्ने भारत घर भएका ४९ वर्षीय नविन अग्रवाल, काठमाडौं महानगरपालिका बौद्ध बस्ने भारत घर भएका ५२ वर्षीय आनन्द अग्रवाल र काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने ४० वर्षीय सुशील गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
उपत्यकाको विभिन्न स्थानमा व्यवसाय गरी बस्ने गरेका व्यक्तिहरुले अनलाइनमार्फत ठगी धन्दा सञ्चालन गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया