भारतीय लगानी ल्याउन दूतावासलाई आग्रह
काठमाडौं, पुस २३
नेपाल उद्योग परिसंघले भारतबाट लगानीकर्ताहरुलाई नेपाल ल्याउन सहयोग गर्न भारतीय दूतावाससँग आग्रह गरेको छ । परिसंघका पदाधिकारीहरु तथा नेपालका लागि भारतका चार्ज डे अफेयर्स डा. अजय कुमार बीच मंगलबार भारतीय दूतावासमा भएको छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा भारतीय लगानी बढाउन दुतावास तथा परिसंघ मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालमा लगानीको वातावरण बन्दै गएको परिप्रेक्षमा भारतबाट लगानीकर्ताहरुलाई नेपाल ल्याउन दुतावासलाई आग्रह गरे । त्यस्तै अध्यक्ष मोरले नेपालले मनाई रहेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन दूतावासलाई पहल गर्न समेत आग्रह गरे ।
चार्ज डे अफेयर्स डा. अजय कुमारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतमा यसको प्रचार–प्रसारलाई अझै तिब्र बनाउन आवश्यक रहेको जनाउँदै स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकहरुलाई सरलिकृत व्यवस्था भए भारतबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने बताए । विराटनगरमा आईसीपी निर्माण सम्पन्न भई प्रयोगमा आउने अवस्थामा रहेको जानकारी गराउदै भारत नेपालमा लागनी बढाउन तथा यहाँको अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण गर्न सधैँ तयार रहेको बताए । सो भेटवार्तामा परिसंघका उपाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया