ठूला १० मध्ये आठवटा भारतीय कम्पनीको घट्यो मार्केट क्याप
नयाँ दिल्ली ।
सेयरबजारमा लगातार गिरावट आएपछि भारतका ठूला १० मध्ये आठवटा कम्पनीको मार्केट क्याप अर्थात् बजार पुँजीकरण १२ खर्ब भारुले घटेको छ । यो पछिल्लो हप्ताको विवरण हो । पछिल्लो हप्ता बीएसई सेन्सेक्समा ६५४.५४ अंक अर्थात् १.२६ प्रतिशतले गिरावट देखिएको थियो । शीर्ष १० कम्पनीमध्ये केवल रिलायन्स इन्डस्ट्रिज (आरआईएल) र भारतीय स्टेट बैंक (एसबीआई)को मात्रै बजार पुँँजीकरण बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसरी मार्केट क्याप घट्नेमा टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस) अगाडि छ । उसको बजार मूल्यांकन ४४ हजार छ सय ७२ करोड भारु घटेर ११ लाख ५२ हजार सात सय ७० करोड भारुमा झरेको छ । त्यस्तै एचडीएफसी बैंकको पनि २३ हजार ९ सय ६४ करोड भारुले घटेर ८ लाख ४७ हजार सात सय ५४ करोड भारुमा झरेको छ ।
त्यस्तै, आईसीआईसीआई बैंकको पनि एक लाख १४ हजार दुई सय ७३ करोड भारुले बजार पुँजीकरण घटेको छ । एचडीएफसीको मूल्यांकन नौ हजार चार सय आठ भारु घटेर चार लाख ९२ हजार नौ सय आठ करोड भारुमा आइपुगेको छ । यस्तै इन्फोसिसको सात हजार सात सय ३५ करोड भारु घटेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया