मिलिजुली कालिञ्चोक संस्थाले सबै सेयर सदस्यको दुर्घटना बीमा गर्ने
दोलखा ।
दोलखाको सदरमुकाम चरीकोटमा रहेको जिल्लाकै ठूलो सहकारी मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सम्पूर्ण सेयर सदस्यहरूको दुर्घटना बीमा गर्ने भएको छ । त्यसका लागि सहकारीले प्रभु इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको छ । संस्थाले आफ्ना सेयर सदस्यहरूको दुर्घटना भई मृत्यु भएमा वा स्थायी पूर्ण अशक्तता भएमा वा हुलदङ्गा तथा आतङ्कवादी क्रियाकलापबाट मृत्यु वा पूर्ण अशक्त भएमा ५० हजार रुपैयाँ पाउने गरी दुर्घटना बीमा गरेको हो ।
सहकारीले दुर्घटनामा परेर आकस्मिक आर्थिक भार नथपियो भन्ने उद्देश्यले सम्पूर्ण सेयर सदस्यहरूको दुर्घटना बीमा गरिएको जनाएको छ । सो कार्यको लागि संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठ र प्रभु इन्स्योरेन्स लिमिटेड चरीकोट शाखाका प्रमुख मानबहादुर बटालाले संयुक्तरूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् बाल सदस्यबाहेक मिलिजुली कालिञ्चोक साकोसका करिब २२ हजार सेयर सदस्यको दुर्घटना बीमा भएको प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानले जानकारी दिए । बीमाको लागि लाग्ने सम्पूर्ण प्रिमियम खर्च सहकारीले व्यहोर्ने र सेयर सदस्यको एक पैसा पनि खर्च नहुने उनले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया