नेपाललाई अतिकम विकसितबाट विकासोन्मुखमा लैजान सिफारिस
काठमाडौं ।
संयुक्त राष्ट्रसंघीय समितिले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी)को स्तरबाट विकासोन्मुख राष्ट्रको स्तरमा सूचीकृत गर्न सिफारिस गरेको छ । द युनाइटेड नेसन्स कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले नेपालसहित बंगलादेश, लाओ पीडीआर, टिमोर लिस्टे र म्यानमारलाई यस्तो सिफारिस गरेको हो ।
सीडीपीको फागुन १० देखि बसेको बैठकले शुक्रबार स्तरोन्नतिको सिफारिस गरेको हो । समितिले सन् २०१८ मै नेपाललाई विकासोन्मुख राष्ट्रको योग्यता पुगेको ठहर गरेको थियो । बंगलादेश, लाओ पीडीआर र म्यानमारले भने लगातार दोस्रोपटक एलडीसीको मापदण्ड पूरा गरेको समितिले जनाएको छ ।स्तरोन्नतिका लागि नेपालसहित उक्त सबै देशले पाँच वर्षको तयारी समय पाएका छन् ।
कोरोनाको कारण तयारीको लागि पाँच वर्षको समय दिइएको समितिले जनाएको छ । आवश्यक भएमा सन् २०२४ मा त्रिवर्षीय समीक्षा हुनेछ ।समितिका अनुसार नेपाल, लाओ पीडीआर र बंगलादेशको स्तरोन्नतिको प्रमाणीकरण भने आगामी सेप्टेम्बरमा हुने महासभाले गर्नेछ । स्तरोन्नतिका लागि विकास व्यापार साझेदारहरुको यी देशलाई अत्यन्त आवश्यकता रहेको समितिले जनाएको छ ।
यसैबीच, समितिले यसअघि नै स्तरोन्नतिमा सूचीकृत हुनलागेका देशहरु साओ तोमी एन्ड प्रिन्साइप, इक्वेटोरियल गिनी, आंगोला, भुटान, सलमोन आईल्यान्ड, भानुआतु र सामोआको अनुगमन गर्ने भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया