काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा दुई खर्ब ४१ अर्ब ३४ करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को छ महिनामा रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत एक खर्ब ५१ अर्ब ८० करोड गरी कुल दुई खर्ब ४१ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ५८ अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । उक्त अवधिमा रिपोमार्फत ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत ५२ अर्ब ५५ करोड गरी कुल ९२ अर्ब सात करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर दुई अर्ब १२ करोड खुद खरिद गरी दुई खर्ब ५१ अर्ब दुई करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ७० करोड खुद खरिद गरी एक खर्ब ९३ अर्ब ४० करोड तरलता प्रवाह गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनामा अमेरिकी डलर दुई अर्ब चार करोड बिक्री गरी दुई खर्ब ४१ अर्ब ३१ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब दुई करोड बिक्री गरी दुई खर्ब २९ अर्र्ब ५५ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
६९ अर्ब ९६ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ६९ अर्ब ९६ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा रहेको जानकारी दिएको छ । यसबाहेक ‘पुनर्कर्जा कार्यविधि, २०७७’ को व्यवस्थाबमोजिम राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गरिने पुनर्कर्जाका लागि ३७ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट ४५ अर्ब २५ करोड माग भई स्वीकृतिको प्रक्रियामा रहेको छ ।
राष्ट्र बैंकका अनुसार २०७७ पुस मसान्तसम्ममा ६० हजार आठ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई एक खर्ब ३७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ३३ हजार आठ सय १७ ऋणीलाई प्रवाह भएको ७६ अर्ब ५९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २७ हजार ६२ ऋणीको २३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया