नेपाल फाइनान्सको चौथो शाखा सैनामैनामा
काठमाडौं ।
नेपाल फाइनान्सले बुटवलको सैनामैनामा पनि शाखा खोलेको छ । काठमाडौँ महानगर पालिका वडा नं. २८ मा केन्द्रीय कार्यालय रहेको फाइनान्सले आफ्नो चौथो शाखा यही फागुुन नौ गतेदेखि रूपन्देही जिल्लाको सैनामैना नगरपालिकाको मुर्गीया बजारमा शुभारम्भ गरेको हो । कार्यक्रमको शुभारम्भ संस्थाका सञ्चालक दिप्रश शाक्य गरेका हुन् । कार्यक्रममा संस्थाका सञ्चालक राजन प्रजापति, प्रमुख कार्यकारी अधिकृत उद्ववराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।
निजी क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रूपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका २८ कमलादीमा केन्द्रीय कार्यालयसहित ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोकको बनेपामा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरिसकेको छ ।
ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पुँजी करिब ५५ करोड पुग्नेछ भने एकबराबर एक दशमलव ७५ दरले हकप्रद सेयर जारीका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरिसकेको छ त्यसैगरी फाइनान्सले कास्कीको माच्छापुच्छ्रे गाउँपालिका, बर्दाघाट सुस्तापूर्वको गैडाकोट, जनकपुरको धनुषाधाम, हेटौँडामा शाखा कार्यालय र काठमाडौँको कान्तिपथ र कालिमाटीमा विस्तारित काउन्टर पनि यसै आवमा सञ्चालनमा ल्याउने गरी तयारी गरिसकेको छ । योसँगै फाइनान्सले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्ने छ साथै सम्पूर्ण डिजिटल बैंकिङ सेवा समेत छिटै सञ्चालनमा ल्याउने गरी तयारी गरिसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया