प्रोग्रेसिभ फाइनान्स २६औँ वर्षमा प्रवेश
काठमाडौं ।
प्रोग्रेसिभ फाइनान्स लिमिटेड २६औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा फाइनान्सले आफ्नो सेवा तथा सुविधा विगतमा भन्दा थप परिष्कृत र परिमार्जित गर्दै सेवामा विविधीकरण गर्ने र लगानीको क्षेत्र पहिचान गरी कार्यक्षेत्र विस्तारमा ध्यान दिने जनाएको छ । लगानीलाई आकर्षक प्रतिफल प्रदान गर्न विविध क्षेत्रहरूमा समेत सहकार्य गर्दै लगानी विस्तार गर्ने तथा देशव्यापीरूपमा बैंकिङ पहुुँचबाट बन्चित रहेका निम्न तथा मध्यम वर्गीय परिवारसमक्ष वित्तीय सेवा पु-याउने उद्देश्यका साथ फाइनान्स अघि बढेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले बताए ।
विसं २०७६ वैसाख १५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको वित्त कम्पनीलाई निर्धारण भएको चुक्ता पुँजी ८० करोड पु¥याएपछि संस्थाले नयाँ गति लिएको हो । आधुनिक प्रविधियुक्त बैंकिङ, शाखा सञ्जाल विस्तार, व्यावसायिक क्षमता अभिवृद्धिजस्ता कारणहरूले यस प्रोग्रेसिभ फाइनान्सले आफ्नो वित्तीय स्वास्थ्य सुधार गरिरहेको बैंकका अध्यक्ष किशोरकुमार महर्जनले जानकारी दिए । फाइनान्सले हालसम्म १० वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन कार्यालयहरूबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको र अन्य चारवटा शाखाहरू विस्तारको अन्तिम चरणमा रहेको प्रमुख कार्यकारी अधिकृत हुमागाईंले जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया