निक्षेप तथा कर्जा सुरक्षण कोषको बित्तीय अवस्था निकै सवल
आगामी लक्ष्य निक्षेप सुरक्षण र कर्जा सुरक्षण रकम बढाएर १० खर्ब पुर्याउने
काठमाडौ।निक्षेप तथा कर्जा सुरक्षण कोषको बित्तीय अवस्था निकै नै सवल देखिएको छ । चालुु आर्थिक बर्षको माघ मसान्तसम्ममा कोषको खुद सम्पती बढेर १५ अर्ब १५ करोड ८८ लाख ४५ हजार रुपैयाँ पुुग्नुले पनि कोषको बित्तीय अवस्था निकै सवल देखिएको हो । कोषका अनुसार गत आर्थिक बर्षको सोही अवधिमा भने कोषको यस्तो रकम १४ अर्ब १३ करोड ४२ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।
चालुु आर्थिक बर्षको अन्तिमसम्म अर्थात भनौ आगामी असार मसान्तसम्ममा भने कोषको खुद सम्पती १५ अर्ब ४६ करोड २० लाख २२ हजार रुपैयाँ पुर्याउने लक्ष्य लिएका छौं, कोषका प्रमुख कार्यकारी अधिकृत विष्णु बाबुु मिश्रले भने । कोषले आगामी असार मसान्तसम्ममा १० अर्ब रुपैयाँ चुक्ता पुंंजी संकलन गर्ने लक्ष्य लिएको थियो तर गत आवमा नै हामीले १० अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गरिसकेका छौं, प्रमुुख कार्यकारी मिश्रले भने ।
चालु आवको माघ मसान्तसम्ममा सात खर्ब ८६ अर्ब १४ करोड ७३ लाख ८५ हजार रुपैयाँ निक्षेप सुरक्षण गरेको कोषले आगामी असार मसान्तसम्ममा सात खर्ब ९६ अर्ब ३६ करोड ७३ लाख एक हजार पाँच रुपैयाँ निक्षेप सुरक्षण गर्ने लक्ष्य लिएको थियो । प्रमुुख कार्यकारी मिश्रका अनुसार निक्षेप बीमा १० अर्ब २१ करोड ९९ लाख १६ हजार रुपैयाँ मात्रै बाँकी रहेको छ ।
आव २०७३–०७४ मा भने कोषले तीन खर्ब ८१ अर्ब ८९ करोड एक लाख रुपैयाँ निक्षेप सुरक्षण गरेको थियो । यस्तो निक्षेप सुरक्षणलाई बढाउँदै कोषले २०७६–०७७ मा छ खर्ब ८९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ पुर्याईसकेको छ, प्रमुुख कार्यकारी अधिकृत मिश्रले भने । यसैगरी कोषले चालुु आवको माघ मसान्तसम्ममा सञ्चालन आम्दानी एक अर्ब ४७ करोड ८४ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ ।
आगामी असार मसान्तसम्ममा कुल दुुई अर्ब ९७ करोड १७ लाख रुपैयाँ आम्दानी पुर्याउने लक्ष्य लिएकोमा यो आम्दानी लक्ष्यभन्दा एक अर्ब ४९ करोड ३२ लाख ४३ हजार रुपैयाँ कम हो, प्रमुख कार्यकारी मिश्रले भने । गत आवमा भने कोषको सञ्चालन आम्दानी दुई अर्ब ७३ करोड ३५ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
चालुु आवको माघ मसान्तसम्म कोषले एक खर्ब २३ अर्ब ६७ करोड ४७ लाख ३२ हजार रुपैयाँ कर्जा सुरक्षण गरेको छ । गत आवको असार मसान्तसम्ममा कोषले ६५ अर्ब २० करोड ९८ लाख ७८ हजार रुपैयाँ कर्जा सुरक्षण गरेको थियो । कोषले चालुु आवभित्रमा एक खर्ब २४ अर्ब ९१ करोड १४ लाख ७९ हजार रुपैयाँ कर्जा सुरक्षण गर्ने लक्ष्य लिएको छ । यस्तै आर्थिक वर्ष २०७३– ०७४ मा भने कोषले छ अर्ब ८७ करोड ९० लाख ७३ हजार रुपैयाँ मात्र कर्जा सुरक्षण गरेको थियो, प्रमुुख कार्यकारी मिश्रले भने ।
सबै आर्थिक सूचकहरूमा वृद्धि गर्दे लगेको कोषले चालू आवको माघ मसान्तसम्ममा दुुई अर्ब ५५ करोड ३९ लाख १९ हजार रुपैयाँ साना तथा मझौला उद्यमको कर्जा सुरक्षण गसिसकेको छ । यस अवधिमा कोषले दुुई अर्ब ४३ करोड ४७ लाख १४ हजार रुपैयाँ कृषि कर्जा सुरक्षण गरिसकेको छ ।
प्रमुुख कार्यकारी मिश्रका अनुसार गत आव २०७६–०७७ असार मसान्तसम्ममा कोषले एक अर्ब ७४ करोड ३८ लाख २२ हजार रुपैयाँ साना तथा मझौला उद्यम कर्जा र दुुई अर्ब ३७ करोड ४७ लाख ७९ हजार रुपैयाँ कृषि कर्जा सुरक्षण गरेको थियो । यसैगरी कोषले चालू आवको माघ मसान्तमा एक खर्ब तीन अर्ब ९२ करोड ७० लाख ५८ हजार रुपैयाँ लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गरेको छ । गत आव २०७६–०७७ मा भने कोषले ५८ अर्ब दुुई करोड ६२ लाख ५५ हजार रुपैयाँ लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गरेको थियो ।
कोषले चालू आवको माघ मसान्तसम्म १४ अर्ब ७५ करोड ९० लाख ३९ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा सुरक्षण गरेको छ । गत आवको असार मसान्तसम्ममा भने दुई अर्ब ९६ करोड ५० लाख २२ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा सुरक्षण गरेका थियौं, प्रमुख कार्यकारी मिश्रले भने । यसैगरी चालू आवको माघ मसान्तसम्ममा कोषले २४ करोड ५६ लाख २९ हजार रुपैयाँ पशुधन सुरक्षण गरेको छ । चालू आवको अन्तिमसम्ममा कोषले ६१ करोड ४० लाख ७२ हजार रुपैयाँ पशुधन सुरक्षण गर्ने लक्ष्य लिएको छ । प्रमुुख कार्यकारी मिश्रका अनुसार गत आव २०७६–०७७ को असार अन्तिमसम्ममा कोषले ५९ करोड ३७ लाख ८६ हजार रुपैयाँ पशुधन सुरक्षण गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया