एमएण्डएम रेमिटसँग सहकार्य नगर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं ।
एमएण्डएम रेमिटसँग सहकार्य नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । आइतबार अनुमतिप्राप्त बैंक, वित्तीय संस्था एवं रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुको नाउँमा सूचना जारी गर्दै राष्ट्र बैंकले मौरिससस्थित एमएण्डएम रेमिटसँगको सहकार्यमा रेमिट्यान्स कारोबार नगर्न निर्देशन दिएको हो ।
इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु एवं इजाजतपत्रप्राप्त विप्रेषण कारोबार गर्ने विप्रेषकहरुले मौरिससस्थित एमएण्डएम रेमिट्यान्ससँगको सहकार्यमा विप्रेषण कारोबार गरिरहेको भए उक्त रेमिट्यान्ससँग कुनै पनि कारोबार नगर्न, नगराउन राष्ट्र बैंकले विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सूचना प्रकाशन गरेको हो । तर यस व्यवस्थाले उक्त रेमिट्यान्ससँग कुनै पनि लिनुपर्ने रकम भए त्यस्तो रकम असुल गर्न कुनै बाधा नपुग्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया