नेपाल र बंगलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं ।
नेपाल र बंगलादेशबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुगेको बेला समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुई देशबीच पर्यटन, स्वच्छता, सांस्कृतिक आदानप्रदान र रेलवे सञ्जालसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
बंगलादेशी राष्ट्रपति महमद अब्दुल हमिद र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको ढाका ट्रिब्युनले जनाएको छ । सोमबार बेलुका ढाकास्थित क्रेडेन्सियल हल अफ बंगभवनमा दुई देशका अधिकारीबीचको द्विपक्षीय छलफलपपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
पर्यटनसम्बन्धी समझदारीपत्रमा बंगलादेशको तर्फबाट हवाइ उड्डयन तथा पर्यटन सचिव महमद मोकमेल हुसेन तथा नेपालका तर्फबाट पर्यटन सचिवव यादव प्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए । त्यस्तै सानिटरी र फाइटोसानिटर (एसपीएस) सहकार्यमा भने बंगलादेशका कृषि मन्त्रालयका वरिष्ठ सचिव महमद मेस्बल इस्लाम र नेपालका उद्योग सचिवव दिनेश भट्टराईले हस्ताक्षर गरेका थिए ।
त्यस्तै सन् २०२२/२०२५ को लागि सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्ने समझदारीपत्रमा बंगलादेशका संस्कृति मन्त्रालयका सचिव बदरुल अरेफिन र नेपालका संस्कृति पर्यटन सचिव यादव कोइरालाले हस्ताक्षर गरेका थिए। त्यस्तै रेलवेसम्बन्धी नेपाल–बंगलादेश ट्रान्जिट एग्रिमेन्टमा बंगलादेशको वाणिज्य सचिव डा. महमद जाफर उद्दिन र नेपालका उद्योग सचिव दिनेश भट्टराईले रोहनपुर–साइबाद रेलवे रुट सुधारका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
समझदारीपत्रमा हस्ताक्षर समारोहमा बंगलादेशका विदेशमन्त्री डा. अक अब्दुल मोमेन र स्वास्थ्यमन्त्री जाहिद मालिक तथा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राष्ट्रपति भण्डारीकी पुत्री उषाकिरण भण्डारी उपस्थित थिइन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीलाई बंगलादेशी राष्ट्रपति हमिद र प्रथम महिला रसिदा खानामले राष्ट्रपति निवासमा स्वागत गरेका थिए । हस्ताक्षर समारोहपछि राष्ट्रपति भण्डारी रात्रिभोजमा सरिक भएकी थिइन् । राष्ट्रपति हमिदले नेपाली समकक्षीको सम्मानमा भोजको आयोजना गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया