नवीनताको उदाहरण– बास्किन रोबिन्स
काठमाडौं ।
सन् २०१७ देखि सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालि (एसआईआईबीएल) को नाममा ज्योति ग्रुपले एफएमसीजी उद्योगको स्थापना गरेको हो । वर्षौँदेखि आइसक्रिमको कारोबार गर्दै आएको एसआईआइबीएलले द्रुतगतिमा नेपालभर आफ्नो वितरण च्यानल र कार्यालयहरूको विस्तार गर्दै आएको छ । बास्किन रोबिन्स आइसक्रिम उद्योगमा नवीनतम उदाहरण हो ।
ग्राहकलाई नयाँ स्वाद प्रदान गर्नका लागि यस कम्पनीले विभिन्न विकल्पहरू पस्किँदै आएको छ, जसअन्तर्गत फ्याट कम भएको लो क्यालोरी आइसक्रिम, अतिरिक्त चिनी नभएको, डेरीरहित आइसक्रिम फ्लेवरहरु, सेकका विभिन्न प्रकारहरु, सन्डिज, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्दछन् ।
यस ब्रान्डले निरन्तर रुपमा आइसक्रिम केक तथा अन्य नयाँ उत्पादहरुमा समेत नवीकरण गर्दै जानेछ । ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तरढोकामा अवस्थित यस ब्रान्डको फ्लागसिप स्टोरमार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सक्नेछन् । यसका साथै यस कम्पनीले दैनिक रुपमा एक व्यवस्थित खाना सुरक्षा योजना कायम गरेको छ जुन दैनिक अडिट्सले प्रमाणित समेत गर्दछ । सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिका अध्यक्ष सौरभ ज्योति नेपालमा रहेका आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट डेजर्ट पस्किन सदैव अगाडि छन् ।
नेपालका ११ वटा सहरमा १६ भन्दा बढी रिटेल आउटलेट रहेको यस ‘बास्किन रोबिन्स’लाई ग्रेभिस फुड प्रालिको साझेदारीमा ज्योति गुप्रले बजार व्यवस्थापन गर्दै आएको छ । विश्वमै सबैभन्दा बढी रुचाइने आइसक्रिम ट्रिट ब्रान्ड बन्ने र नेपालमा स्वादिष्ट अनि उत्कृष्ट आइसक्रिम ब्रान्ड हुने लक्ष्य लिएर अघि बढेको यस कम्पनीले गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम र सुविधादायक सेवा प्रदान गर्ने अठोट लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया