काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १९ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रतिवादी बुद्धि बहादुर तामाङलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको हो । हाल काठमाडौंको गोकर्णेश्वर न.पा. २ बस्ने ४० वर्षीय तामाङलाई मंगलबार नै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता पन्तले जानकारी दिइन् ।
प्रवक्ता पन्तका अनुसार तामाङविरुद्ध कुमारी तामाङले जाहेरी दिएकी थिइन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७७ फागुुन १७ गतेको फैसलाले तामाङलाई छ दिन कैद र १९ लाख ९० हजार रूपैयाँ जरिवाना हुने ठहर गरेको थियो । सोपश्चात् उक्त सजाय बेरुजु रही फरार रहेका तामाङलाई सीआईबीको टोलीले मंगलबार जोरपाटी, काठमाडौंबाट पक्राउ गरेको हो । प्रतिवादी तामाङले २०७६ कात्तिक २५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालय जोरपाटीमा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडित तामाङलाई दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया