भर्चुअल जब फेयरको दोस्रो संस्करणमा ५० भन्दा बढी कम्पनीमा रोजगारीको अवसर
काठमाडौं ।
आस्कमी भर्चुअल जब फेयर २०२० को सफलतापछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु गर्न लागेको छ । आस्कमी म्यानेजमेन्टले मार्च ३१ देखि एप्रिल २, २०२१ सम्म राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर हुने भएको हो ।
जब फेयरको पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस रहेको छ । आस्कमी म्यानेजमेन्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीका अनुसार कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार विस्तार गर्दै सकरात्मक सन्देश प्रवाह गर्नेछ । ‘हामीले पहिलो पटक २०२० मा यो कन्सेप्ट ल्याउँदा नेपालको लागि नयाँ थियो ।
पहिलो वर्ष नै ४० भन्दा बढी कम्पनीले विश्वास गरेका कारण नै हामीले पूर्ण सफलताका साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौं,’ कुँवरले भनिन्, ‘यस पटक पनि ५० भन्दा बढी कम्पनीमा जब दिलाउने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरिएको हो ।’
भर्चुअल जब फेयरको सपोर्ट पार्टनरका रूपमा बोस्टन इन्टरनेसनल कलेज, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईसी एसिया बैंक छन् । फिचर रिक्रुएटरका रूपमा जब दिलाउनका लागि फेयरमा नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक, एनआईसी एसिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, अग्नी ग्रुपले सहभागिता जनाउँदै छन् ।
त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आईएमई–पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसललगायतका कम्पनीहरू रोजगारदाताका रूपमा जब फेयरमा सहभागी हुँदै छन् ।
फेयरमा सहभागी हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्नुपर्ने हुन्छ । यो पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न सकिन्छ । देशभरिका मानिसहरूले एकै साथ यो प्ल्याटफर्ममा भिजिट गरी आवश्यकताअनुसारको रोजगारीका लागि मोबाइल वा कम्प्युटरबाटै आवेदन दिन सकिनेछ ।
कतिपय कम्पनीहरूले अनलाइन अन्तरवार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ । साथै कर्मचारी भर्ना गर्ने कम्पनीले आफूले चाहेजस्तो कर्मचारी पाउने भएकाले पनि जब फेयर उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ । यस प्ल्याटफर्ममा स्वदेश फर्कन चाहने तर विदेशमा रहेका नेपालीहरूले आफूलाई उपयुक्त रोजगारी पाउने उत्तम विकल्प समेत पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया