भोकमरी लाग्ने चिन्तामा लेकाली भेगका नागरिक
बझाङ ।
जिल्लाको लेकाली भेगमा हिउँदे वर्षा नहुँदा सिँचाइ अभावका कारण खेतका गहुँबाली सुकेको छ । आकासे पानीको भरमा खेती गर्ने किसानहरू पानी नपर्दा गहुँबाली सुकेपछि भोकमरी लाग्ने चिन्तामा परेका छन् ।
गहुँबाली सुक्दै गएपछि भोकमरी हुने चिन्ताले सताएको थलारा गाँउपालिका– २ का शेरबहादुर खातीले दुखेसो गरे । वडाका बगाडा टोल, कफलकाडा टोल, धनाडा टोल, कात्रा टोल बेराडी टोल, एनबाडा टोल र तोतिबाडालागायतका टोलका करिब तीन सय परिवारले लगाएको गहुँबाली सुकेको छ । यी सबै ठाउँमा आकासे पानीको भरमा खेती गर्ने गरिन्छ । अघिल्ला वर्ष हराभरा देखिने खेतबारी यो वर्ष खडेरीका कारण उजाड भएका छन् ।
वर्षा नभएपछि गहुँबाली मात्र नभएर तरकारी र फलफूलमा समेत असर परेको छबीस पाथिभेरा गाउँपालिकाका मानबहादुर सिंहले बताए । असोजदेखि राम्रोसँग पानी नपरेकाले ग्रामीण क्षेत्रमा भोकमरीको चिन्ता बढेकाले अधिकांश युवा रोजगारीको खोजीमा भारततिर जान थालेको स्थानीय जय सिंहले बताए ।
जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार बझाङमा १० हजार चार सय ५० हेक्टर जमीनमा गहुँबाली उत्पादन हुनेगरेको छ । जिल्लाका सुर्मा, साइपाल, मष्टा, छबीसपाथिभेरा र वित्थडचिर गाउँपालिका खाद्य असुरक्षाको तथ्याङ्कमा रहेका छन् ।
सिँचाइ सुविधा नभएको ठाउँमा गहुँबाली सुकेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । जिल्लाका लेकाली क्षेत्रमा गहुँबाली सुक्दा यो वर्ष गहुँ उत्पादनमा भारी गिरावट आउने सम्भावना आउने समेत विष्टले जानकारी दिए । सिँचाइ योग्य जमिनमा पनि चारदेखि पाँच प्रतिशतसम्म उत्पादन ह्रास हुन सक्ने उनको भनाइ छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया