स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार
काठमाडौं ।
नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरी जीएसएम सेवाको विस्तार गरेको छ । करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको उक्त सेवामार्फत बजारमा रहेका ९८ घरधूरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौँ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए ।
करादी बजार गल्याङ नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरुमा मानिसको चाप बढी हुने र नेपाल टेलिकमको सेवाबाट वञ्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेक्टर एक्सपानसनमार्फत करादी बजारमा जीएसएम सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख रवि मानन्धरले बताए ।
त्यसैगरी, हाल जीएसएम प्रविधिमार्पmत वायरलेस सेवा प्रदान गरिए पनि निकट भविष्यमै सोही ठाउँबाट वायरलाइन सेवाअन्तर्गत उच्चगतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पीएसटीएन ल्यान्डलाइन सेवासहितको ट्रिपल प्ले सेवा उपलब्ध गराइने गरी कार्य गरिएको नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए । उनका अनुसार यो सेवामार्पmत वायरलेस र वायरलाइन दुवै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरी सञ्चालन गरिएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया