काठमाडौँ ।
जिल्ला विपत् व्यवस्थापन समितीले कोरोना भाइरस संक्रमणको नियन्त्रण गर्न पूर्वतयारीमा रहन स्थानीय तहलाई आग्रह गरेको छ । भारतको महाराष्ट्रलगायतका अन्य क्षेत्रमा पछिल्लो कोरोना भाइरस महामारीका रूपमा फैलिएको र नेपालमा पनि दैनिकजसो एक हजारभन्दा धेरै संक्रमितहरू बढ्न थालेपछि यसबाट बच्न पूर्वतयारी गर्नेबारेमा समितिले बुधबार सरोकारवालहरूसँग छलफल समेत गरेको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीको अध्यक्षतामा जिल्लाका १२ वटै पालिकाका अध्यक्ष, उपाध्यक्ष समन्वय प्रमुख, तीनवटै सुरक्षा समयन्त्रका प्रमुख तथा नागरिक समाजहरूको सहभागितामा आउने दिनमा कोरोना भाइरसको जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल थियो । यो समयमा मेला, पर्व, पूजापाठलगायतका कार्यक्रमहरू धेरैै हुने भएकाले त्यस्ता क्रियाकलापहरूलाई कसरी नियन्त्रण तथा व्यवस्थापन गर्ने, भीडभाडबाट हुने जोखिमलाई कसरी कम गर्ने र भारतलगायत अन्य मुलुकबाट आएकाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भएको हो ।
छलफलमा सहभागीहरूले अन्य मुलुकबाट बझाङ भित्रिनेहरूको लगत संकलन गर्ने, १४ दिन अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्नुपर्ने र प्रत्येक स्थानीय तहहरूमा कोभिड १९ लगत संकलन समिति बनाउनुपर्ने निर्णय गरेको छ । यस्तै प्रत्येक गाउँपालिकामा रहेका कोभिड अस्पताल, स्वास्थ्यकर्मीलाई गाउँपालिकाले आवश्यक व्यवस्थापन गरी महामारीसँग जुध्न तयारी अवस्थामा राख्नुपर्ने निर्णय समेत गरेको छ ।
छलफलमा विगतका दिनहरूमा पनि निर्णय गर्ने तर कार्यान्वयनमा नआउने गरेको भन्दै नागरिक समाजका अगुवा धर्मजंग सिंहले यो प्रचलनलाई तोडेर भएका निर्णयको कार्यान्वयन गर्नुपर्ने बताए । कोरोनाले गर्दा मान्छे मर्ने अवस्था आउन नदिन स्थानीय तह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सिंहको भनाइ थियो । यसैबीच कोरोनालाई बझाङमा महामारीको रूप लिन नदिनका लागि भारत र अन्य मुलुकबाट भित्रिे व्यक्तिलाई विशेष निगरानीमा राख्नुपर्ने सहभागीहरूले सुझाव दिएका छन् । कोरोना संक्रमितहरूको कन्ट्र्याक टे«सिङलाई प्रभावकारी बनाउनुपर्नेमा सबैले जोड दिएका छन् । जिल्लामा हुने मेला, पर्व भने कुनै पनि तहबाट रोकथाम नहँुदा झन् जोखिम बढ्ने सम्भावना रहेको स्थानीयको बुझाइ रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया