जुम्ला । जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने भएको छ । कर्णाली प्रदेश सरकारले यहाँको चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय रहनेगरी विश्वविद्यालयसम्बन्धी विधेयक संसद्मा टेवुल गरिएको पूर्वमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
जुम्ला आएका निवर्तमान आन्तरिक मामिला तथा कानुन पूर्वमन्त्री भण्डारीले यहाँका जनतालाई चाडै विश्वविद्यालय स्थापना हुने विश्वास दिलाए । उनले स्वास्थ्य सङ्कटमा कर्णाली प्रतिष्ठानले राज्यलाई सहयोग गरिरहेकाले विश्वविद्यालय स्थापना गर्न लागिएको बताए । उनले विश्वविद्यालयको सैद्धान्तिक छलफलका लागि प्रदेशसभामा अगाडि बढेको हँुदा पारित हुने विश्वास व्यक्त गरे ।
प्रदेश सांसद पदम रोकायाले प्रदेश सरकार कोरोना रोकथाम र नियन्त्रणमा लागि परेको र अझ कसरी व्यवस्थित गर्ने भन्ने विषयमा आफूहरूले छलफल गर्ने बताए । विश्वविद्यालय स्थापना भएपछि कर्णाली प्रदेशलगायत हिमाली क्षेत्रका कृषि वन, जडीबुटी, ऊर्जा, पर्यटन र जैविक विविधतालगायत अन्य प्राकृतिक स्रोत साधनसँग सम्बन्धित क्षेत्रको एकीकृतरूपमा अध्ययन÷अध्यापन र अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया